निर्वाचन र फागु पूर्णिमाको लामो बिदा: ८ लाखले उपत्यका छाड्ने अनुमान

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १२:३६

काठमाडौं। आसन्न निर्वाचन र फागु पूर्णिमा (होली) सँगै लामो सार्वजनिक बिदा परेकाले काठमाडौँ उपत्यकाबाट करिब ८ लाख मानिस बाहिरिने अनुमान गरिएको छ। निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने त्यसअघि नै फागुन १८ र १९ गते क्रमशः पहाड र तराईमा फागु पूर्णिमाको बिदा परेको छ।

त्यसैगरी फागुन २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकाले फागुन १८ देखि २४ गतेसम्म लगातार सात दिन जस्तो सार्वजनिक बिदा हुने भएको छ। यस लामो बिदाको अवसर पारेर धेरैले दसैँ–तिहारमा जस्तै उपत्यका छाडेर गाउँ जाने तयारी गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार अहिलेदेखि नै उपत्यका छाड्नेहरूको सङ्ख्या बढ्न थालेको छ। विशेष गरी फागुन १७, १८ र १९ गतेका लागि लामो दूरीका सार्वजनिक यातायातमा अत्यधिक चाप रहेको र धेरैले गाडी रिजर्भ समेत गर्न थालेको उनले बताए।

लामो बिदा र निर्वाचनको माहोलले गर्दा यातायात क्षेत्रमा चाप बढेपछि व्यवसायीहरूले थप सवारी साधनको व्यवस्थापनमा ध्यान दिएका छन्। निर्वाचनमा सहभागी हुन र चाडपर्व मनाउन जानेहरूको लर्कोले गर्दा आगामी हप्ता उपत्यका सुनसान हुने देखिएको छ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.