निर्वाचन बहिष्कार अभियानमा सक्रिय २ जना इटहरीबाट पक्राउ

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार १०:२६

इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशमा राजनीतिक सरगर्मीसँगै सुरक्षा सक्रियता पनि बढेको छ। निर्वाचन बहिष्कार अभियानको नेतृत्व गरिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई प्रभावशाली नेतालाई प्रहरीले इटहरीबाट पक्राउ गरेपछि यस क्षेत्रको वातावरण थप तातिएको छ।

पक्राउ पर्नेहरूमा पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र ब्युरो सचिव डिल्ली बोहोरा छन्। कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार इटहरीस्थित पशुपति चोकबाट नियन्त्रणमा लिएको हो।

पक्राउलगत्तै पार्टीले कडा आपत्ति जनाएको छ। पार्टीका १६ नम्बर ब्युरो सचिव बिमल निरौलाले आफ्ना नेताहरूलाई घरमै बसिरहेको अवस्थामा विनाकारण पक्राउ गरिएको दाबी गर्दै विनासर्त तत्काल रिहाइको माग गरेका छन्। उनले यस कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्।

पार्टीले वर्तमान निर्वाचनलाई ‘अमेरिकी साम्राज्यवाद प्रायोजित’ र सुशीला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली’ भन्दै यस प्रक्रियाबाट मुलुकले निकास नपाउने दाबी गरेको छ। उनीहरूले राष्ट्रिय भेला आयोजना गरी संयुक्त सरकार गठनको माग गर्दै कोणसभा र मसाल जुलुस जस्ता कार्यक्रम गर्ने रणनीति सार्वजनिक गरेका छन्।

प्रहरीले यसबारे औपचारिक धारणा सार्वजनिक नगरे पनि निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्रिय बनाएको बुझिएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.