मतपेटिका सुरक्षाका लागि गोलीसम्म चलाउन सक्ने मोरङ प्रशासनको चेतावनी

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १७, आइतबार १६:३२

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका सुरक्षाका लागि सुरक्षा निकायले आवश्यकता परे गोली समेत चलाउन सक्ने मोरङका सुरक्षा प्रमुखहरूले बताएका छन्।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘निर्वाचन र आम सञ्चार’ विषयक अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रहरी उपरीक्षक कवित कटवालले यस्तो चेतावनी दिएका हुन्।

प्रजिअ कट्टेलले निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकै विरुद्ध सुरक्षा प्रोटोकलअनुसार कडा कारबाही गरिने स्पष्ट पारे। ‘अवाञ्छित गतिविधि भएमा ब्यालेट जोगाउन बुलेट प्रयोग गर्न हामी पछि पर्दैनौँ,’ उनले भने।

सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर भए पनि मतपेटिकाको सुरक्षा गर्ने उनको भनाइ थियो। मोरङ प्रहरी प्रमुख कटवालले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आइसकेको र निर्वाचन बिथोल्न खोज्ने केही व्यक्तिलाई पक्राउ गरी निगरानी बढाइएको जानकारी दिए।

मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’ र १२५ वटालाई ‘संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई परिस्थिति हेरी अधिकतम बल प्रयोग गर्ने आदेश दिइएको र ‘रिजर्भ फोर्स’ समेत तयारी अवस्थामा राखिएको उनले बताए।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.