वार्षिकोत्सवलाई विद्यार्थीको प्रतिभा उत्सवको रूपमा मनाइयो

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १७, आइतबार १९:३१
वार्षिकोत्सवलाई विद्यार्थीको प्रतिभा उत्सवको रूपमा मनाइयो

इटहरी । शिक्षाको लक्ष्य प्रमाणपत्र प्राप्त गर्नु मात्र होइन । आफूलाई चिनेर, आफैले आफ्नो अन्तर निहित प्रतिभा प्रस्फुटन गर्नु, आफ्नो क्षमता वृद्धि गरी सोही आधारमा आफूलाई  प्रस्तुत गर्नु शिक्षाले गर्नुपर्छ भन्ने मान्यतालाई इटहरीमा सञ्चालित कोशी सेन्ट जेम्स माध्यमिक विद्यालयले अपनाउँदै आएको छ ।

विद्यालयको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा करिब ७ सय विद्यार्थीले फरक फरक प्रतिभा प्रस्तुत गरे । अभिभावक दिवसलाई विद्यार्थीको प्रतिभा उत्सवको रूपमा मनाइयो ।

Advertisement

विद्यार्थीले नृत्य, गीत, कविता, समसामयिक विषयमा तर्क, स्काउटको प्रस्तुति, नाटकलगायतका प्रस्तुतिमार्फत जीवनोपयोगी सीप, विकास, भविष्य र समाजलाई सभ्य एवम् चेतना स्तर उपल्लो तहसम्म पुर्‍याउन सन्देश दिए ।
कार्यक्रममा विद्यार्थीका आमाहरूले प्रस्तुत गरेको  ‘ममी डान्स’ पनि रमाइलो थियो ।

नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई कक्षामा सिकेको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा जीवनोपयोगी ज्ञान विभिन्न विधामार्फत प्रस्तुत गर्ने अवसर अभिभावक दिवसको रूपमा प्रदान गर्दै आएको प्रिन्सिपल राम कालाखेतीले जानकारी दिए ।

स्कुलले विगतका वर्षहरूमा विभिन्न प्रोजेक्ट वर्क गर्न लगाएर प्रदर्शनी गरेकोमा बर्सेनि कार्यक्रमको मोडल परिवर्तन गर्ने क्रममा यस पटक स्टेजमार्फत नै प्रतिभा प्रस्तुति कार्यक्रम गर्न लगाएको स्कुल सञ्चालक समितिका अध्यक्ष मनु मञ्जिलले बताए ।

सो अवसरमा उत्कृष्ट शिक्षण गर्ने उमेश दुलाल, मेघराज तिम्सिना, दिलीप चौधरी र नितु खड्कालाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×