होलीले सामाजिक एकता सुदृढ बनाओस् : राष्ट्रपति पौडेल

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार ०८:२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली)का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

सोमबार जारी शुभकामना सन्देशमार्फत उनले होली पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना थप मजबुत बनाओस् भन्ने कामना व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्बोधन गर्दै होलीले समाजमा विद्यमान विकृति, विसंगति र कुरीतिहरूको अन्त्य गर्न प्रेरणा दिनुपर्ने उल्लेख गरेका छन् ।

उनले मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै सामाजिक मेलमिलापलाई अझ सुदृढ बनाउने अवसरका रूपमा यस पर्वलाई लिन आग्रह गरेका छन् । उनका अनुसार असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने होली पर्वले वैरभाव त्यागेर प्रेम र आत्मीयताको सम्बन्ध विस्तार गर्ने सन्देश दिन्छ ।

आफन्तजन र साथीसंगीसँग अबिर तथा रंग साटासाट गर्दै खुसी साट्ने परम्पराले नेपाली समाजमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै आएको उनले उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले नेपाली समाज जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहे पनि यही विविधताबीचको एकता नै राष्ट्रिय पहिचान र सौन्दर्य भएको बताएका छन् ।

होलीमा प्रयोग हुने अनेक रंगहरु जस्तै समाजका विविध स्वरूपहरूबीचको समन्वय र सहअस्तित्व नै नेपाली सभ्यता र संस्कृतिको बलियो आधार भएको उनको भनाइ छ । हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै देशभर हर्षोल्लासका साथ मनाइने होली पर्व चिर ठड्याएर सुरु हुने र पूर्णिमाको राति चिर दाहसँगै समापन हुने परम्परा छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वले सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सबैलाई सभ्य र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.