यी हुन् आफैँलाई भोट हाल्न नपाउने नेता

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार १५:१२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित दुई दर्जनभन्दा बढी उम्मेदवारहरूले आफैँलाई मतदान गर्न नपाउने भएका छन् । आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्र छाडेर अन्य क्षेत्रबाट चुनाव लड्न गएका कारण भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेताहरू नै यो अवसरबाट वञ्चित हुने देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाह झापा-५ बाट चुनावी मैदानमा छन्, तर ओलीको नामावली भक्तपुर-२ र शाहको काठमाडौँ-२ मा रहेको छ । सर्लाही-५ बाट उम्मेदवारी दिएका कांग्रेस सभापति गगन थापाको नामावली काठमाडौँ-४ मा छ भने रुकुम पूर्वबाट चुनाव लड्दै गरेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामावली चितवन-३ मा रहेको छ । यस्तै, रास्वपा सभापति रवि लामिछाने चितवन-२ बाट उम्मेदवार बने पनि उनको नाम काठमाडौँ-३ को मतदाता सूचीमा छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता प्रदीप पौडेलले पनि आफैँलाई भोट हाल्न पाउने छैनन् । यादव सप्तरी-३, श्रेष्ठ सर्लाही-३ र पौडेल काठमाडौँ-५ बाट उम्मेदवार बनेका छन्, जबकि उनीहरूको नामावली क्रमशः मोरङ, गोरखा-२ र तनहुँ-२ मा छ । रास्वपाका स्वर्णिम वाग्ले, राप्रपाका रवीन्द्र मिश्र र एमालेका भानुभक्त ढकालको अवस्था पनि उस्तै छ ।

त्यसैगरी डा. शेखर कोइराला, मीनेन्द्र रिजाल, विनोद चौधरी, प्रेम आले र महालक्ष्मी उपाध्याय (डिना) लगायतका नेताहरू पनि आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुने सूचीमा छन् । पुकार बम, महावीर पुन र खगेन्द्र सुनारजस्ता उम्मेदवारहरूले पनि प्राविधिक कारणले आफैँलाई मत दिन पाउने छैनन् ।

निर्वाचन आयोगको नियमअनुसार मतदाता नामावलीमा नाम भएको क्षेत्रमा मात्र मतदान गर्न पाइने व्यवस्थाले गर्दा यी चर्चित अनुहारहरूले आफ्नै लागि मत खसाल्न नपाउने भएका हुन् ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.