फाइल तस्बिरविराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विराटनगरको रानी नाका बन्द भएको छ । सोमबार राति १२ बजेदेखि विराटनगरको रानीसँगै देशभरका सीमा नाका बन्द भएको हो ।
सशस्त्र प्रहरी बल नेपालको सुनसरी स्थित बराहा बाहिनी पकलीका डीआईजी मनीष थापाका सोमबार राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सबै सिमानाका बन्द हुनेछन् ।
निर्वाचनको सुरक्षाका लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) र नेपालका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती पनि गरिरहेका छन् ।
निर्वाचनमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्नका लागि प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
























