मतदानको तयारी पूरा

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १९, मंगलबार १८:०५

काठमाडौं । आगामी बिहीबारको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको तर्फबाट गर्नुपर्ने सबै प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय काम सकिएको जानकारी दिए । उनका अनुसार मतदान केन्द्र तोक्ने, केन्द्रको हाता निर्धारण गर्ने, निषेधित क्षेत्र घोषणा गर्ने र आवश्यक सूचना टाँस्ने काम सम्पन्न भइसकेको छ ।

मतदान सामग्री सम्बन्धित केन्द्रमा पुर्याइसकिएको र कर्मचारीसमेत खटाइसकिएको उनले बताए । अहिले जिल्ला तथा मतदान केन्द्र तहबाट आएका जिज्ञासा र समस्याहरू समाधान गर्ने काम भइरहेको छ ।

निर्वाचनमा ५ हजारभन्दा बढी पर्यवेक्षक परिचालन हुनेछन् । विदेशी प्रतिनिधिहरूलाई सहजीकरण गरिसकिएको आयोगले जनाएको छ । मौन अवधि जारी रहेकाले आचारसंहिता उल्लंघनका घटनामा कानुनअनुसार कारबाही भइरहेको प्रवक्ता भट्टराईले बताए ।

सुरक्षातर्फ सरकारसँग समन्वय गरी भरपर्दो व्यवस्था मिलाइएको आयोगको दाबी छ । उनले मतदातालाई मत बदर नहुने गरी स्वस्तिक छाप स्पष्ट रूपमा सम्बन्धित चिन्हभित्र मात्र लगाएर मतदान गर्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.