दुर्घटनामा तीन जनाको मृत्यु

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १९, मंगलबार २०:३९

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ बागेश्वरी भवनअगाडि कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नगरकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको निजी कार सोमबार अनियन्त्रित भई करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार घाइतेमध्ये कार चालक ५५ वर्षीय योगेन्द्र प्रधान, कारमा सवार ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णा प्रधानको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ४५ वर्षीया अनिता प्रधान र ४९ वर्षीया जयदेवी प्रधानको उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.