उदयपुरमा फेला परेको शंकास्पद वस्तु सुरक्षा फौजद्वारा निष्क्रिय

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार ११:३५

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका-२ लाटीखोलाको पुल नजिकै सर्वसाधारणलाई त्रसित तुल्याउने गरी राखिएको शंकास्पद वस्तु सुरक्षा फौजको टोलीले निष्क्रिय पारेको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत राजमार्ग नै बन्द हुने गरी मंगलबार साँझ राखिएको उक्त वस्तु सुरक्षाकर्मीको गस्ती टोलीले देखेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले निष्क्रिय बनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईले फेला परेको वस्तु विष्फोटक पदार्थ नभएको बताए। उनले उक्त वस्तु फलामको पाइप भएको र गाडीबाट झरेको हुन सक्ने उल्लेख गर्दै प्रहरीले देखेपछि त्यसलाई सुरक्षित रूपमा साइड लगाइएको बताए।

सुरक्षा टोलीले विष्फोटक पदार्थ नभएको दाबी गरिरहँदा स्थानीयले भने उक्त वस्तु निष्क्रिय पार्दा ठुलो आवाज आएकाले त्यो शंकास्पद वस्तु नै भएको बताएका छन्।

राजमार्ग नै अवरुद्ध हुने गरी उक्त वस्तु कसले र कुन मनसायले राख्यो भन्ने स्पष्ट हुन सकेको छैन। यद्यपि भोलि हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले कसैले राखेको हुन सक्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.