प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १२:२२

काठमाडौं।। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा अवस्थाको समीक्षा र तयारीबारे छलफल गर्न आज बुधबार दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने गरी सचिवालयले जानकारी दिएको छ।

बैठकमा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति र चारवटै सुरक्षा निकायको परिचालनबारे विस्तृत छलफल हुने बताइएको छ। प्रधानमन्त्रीले यसअघि नै राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिइसकेकी छिन्।

राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति गरी ७ जना सदस्य रहने संवैधानिक व्यवस्था छ। बैठकमा मुख्यगरी मौन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि र भोलिको मतदानका लागि आवश्यक सुरक्षा सतर्कताबारे ठोस निर्णय लिइने बुझिएको छ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.