भारतीय प्रधानमन्त्रीको ‘फेक भिडियो’ बनाएको आरोपमा १ जना पक्राउ

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १४:४७

चितवन। सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१६ का नन्दप्रसाद भट्ट छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार भट्टले फेसबुक लगायतका सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘फेक भिडियो’ बनाएर सार्वजनिक गरेका थिए। निर्वाचनको समयमा भ्रमपूर्ण अफवाह फैलाउने र निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर पार्ने उद्देश्यले यस्तो कार्य गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

भट्टलाई बुधबार भरतपुर महानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरिएको हो। उनीमाथि अहिले थप छानबिन र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। निर्वाचन आयोग र सुरक्षा निकायले मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सामग्री पोष्ट गर्ने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.