
काठमाडौं । निर्वाचनकाे अघिल्लाे दिन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेकाे छ । प्रधानमन्त्री सुशीला कार्कीले बाेलाएपछि बुधबार दिउँसो बैठक बसेकाे हाे ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गरेकी हुन् । सुरक्षा निकायका प्रमुखले देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
























