मोरङका मतगणना स्थलमा तारजाली र सिसी क्यामेरा

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १६:५९

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि मोरङमा तयारी पूरा भएको छ । ६ वटा क्षेत्र रहेको मोरङमा यो पटक छुट्टा छुट्टै स्थानमा मतगणना हुँदैछ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार मतगणना स्थलमा तारजाली लगाइएको छ । स्थलको निगरानीका लागि सिसी क्यामेरा जडान पनि भएको छ । मतगणना स्थल पनि विद्यालयकाे तेस्राे तल्लामा बनाइएकाे छ ।

२०७९ सालको निर्वाचनमा मोरङको तीन क्षेत्रको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा भएको थियो । यो पटक भने आदर्श स्कुलमा क्षेत्र नम्बर ६ को मात्रै मतगणना हुनेछ । सुरक्षा संवेदशीलताका कारण छुट्टा छुट्टै स्थानमा गणनाको तयारी भएको हो ।

क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालयमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ को मतगणना विश्वनाथ मन्दिर सिजुवामा हुनेछ ।

क्षेत्र नम्बर ३ को मतगणना भगवती माध्यमिक विद्यालयबेलबारीमा हुनेछ । क्षेत्र नम्बर ४ को मतगणना जनता नमुना माध्यमिक विद्यालयविराटनगरमा हुनेछ । क्षेत्र नम्बर ५ को मतगणना सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा हुनेछ । २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर ४,५ र ६ को आदर्श माध्यमिक विद्यालयमा मतगणना भएको थियो ।

मतपेटिका संकलन भए लगत्तै सर्वदलीय बैठक बोलाएर गणना सुरु हुनेछ । मतगणना सुरु गरेको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले बताए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.