देशभर सुरु भयो मतदान

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार ०७:१७

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान देशभर सुरु भएको छ । बिहीबार बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

निर्वाचन आयोगले मतदान सुचारु रुपमा भइरहेको जानकारी दिँदै मतदाता सबैले सहज रुपमा मतदान गर्न सक्ने उल्लेख गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका देशव्यापी रुपमा मतदान सुरु भएको छ ।

मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र, राहदानी वा लालपूर्जा देखाएर मतदान गर्न सकिने जनाएको छ ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था छ । अपांगता भएका, वृद्धवृद्धा, बिरामी, सुत्केरी र गर्भवती महिलालाई लाइनमा बस्न नपर्ने विशेष सुविधा छ ।

देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । यसमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्र रहेका छन् । साथै, १४३ अस्थायी मतदान स्थल पनि तोकिएका छन् ।

निर्वाचन सुरक्षा व्यवस्थित गर्न ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटाइएको छ । मतदान सम्पन्न गराउन दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।

देशभरका मतदाताले प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान गर्दैछन् । निर्वाचन आयोगले मतदातालाई आफ्नो मतदानको अधिकार प्रयोग गर्न आह्वान गर्दै कुनै प्रकारको डर वा दबाबबिना मतदान गर्न आग्रह गरेको छ । मतदान सुरु भएसँगै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.