
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाका निर्वाचनका लागि बिहीबार बिहान मतदान गरेकी छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । त्यसपछि उनले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिइन् ।
कार्कीले निर्वाचन उत्साहपूर्वक भइरहेकामा खुसी व्यक्त गरिन् । ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ । देशमा निर्वाचन हुँदैछ । म अत्यन्त खुसी छु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
मतदानमा सहभागी भएर आफ्नो अधिकार प्रयोग गर्न सबैलाई उनको आग्रह छ । निर्वाचनपछि देशले निकास पाउने विश्वास उनले व्यक्त गरेकी छन् ।
























