एमाले अध्यक्ष ओलीले गरे बालकोटमा मतदान

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १३:२२

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका ओलीले आज बिहानै मतदान गरेका हुन्।

प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका ओली र सोही क्षेत्रका अर्का उम्मेदवार बालेन शाहले भने यसपटक आफूलाई मत दिन पाउने छैनन्। दुवैको मतदाता नामावली काठमाडौँ र भक्तपुरमा रहेका कारण उनीहरूले आफ्नो क्षेत्रमा मतदान गर्न नपाएका हुन्।

यसैबीच निर्वाचन आयोगले देशभरको मतदानको पछिल्लो अवस्था सार्वजनिक गरेको छ। आयोगका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म देशभर समग्रमा १८ प्रतिशत मात्र मत खसेको छ।

काठमाडौँमा २५ प्रतिशत मत खसेको तथ्याङ्क सार्वजनिक भए पनि देशभरको औसत प्रतिशत भने केही कम देखिएको छ। आयोगले दिउँसोको समयमा मतदाताको उपस्थिति बढ्ने र मतदानको दरमा वृद्धि हुने अपेक्षा गरेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.