
विराटनगर । कोशी प्रदेशमा ३२ प्रतिशतभन्दा बढी मतदान भएको छ । ३२.१६ प्रतिशत मतदान भएको तथ्यांक दिउँसो २ बजेसम्मको हो ।
झापामा २८.५७, इलाममा २९.२३, ताप्लेजुङमा ३६.४८, पाँचथरमा ३२.९१, मोरङमा ३२.१३, सुनसरीमा ४३.५५, धनकुटामा २७.६७, तेह्रथुममा ३४.७६, संखुवासभामा ३०.२८, भोजपुरमा २९.१५, उदयपुरमा ३२.०१, ओखलढुंगामा २४.५०, खोटाङमा ३०.७२ र सोलुखुम्बुमा ३५.८१ प्रतिशत मतदान भएको जनाइएको छ । हालसम्म ११ लाख ४९ हजार ५ सय ७१ भन्दा बढी मत खसिसकेको छ ।
प्रदेशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रहरीले जनाएको छ ।
























