ओलीले सम्झिए ‘मृत्युको मुखबाट पुनर्जीवन पाएको क्षण’

Share this
606shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १४:४७

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेलाई आफ्नो जीवनको दुई महत्त्वपूर्ण संयोगको दिनका रूपमा स्मरण गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो दिनलाई आफूले कहिल्यै बिर्सन नसक्ने बताए।

ओलीका अनुसार आजको दिन ‘सुखानी शहीद दिवस’ हो भने ६ वर्षअघि आजकै दिन उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। यी दुवै घटनालाई उनले मृत्युको मुखबाट पुनर्जीवन पाएको क्षणका रूपमा व्याख्या गरेका छन्।

झापा आन्दोलनको स्मरण गर्दै उनले निरंकुश व्यवस्था विरुद्ध विद्रोह गर्दा आफूहरू जेल परेको र झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर हत्या गरिएको उल्लेख गरे। सोही समयमा आफू पनि मृत्युको मुखबाट फर्किएको र १४ वर्ष कठोर कारावास बिताएको उनले बताए।

देशमा लोकतन्त्र ल्याउन बलिदान दिने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ओलीले फागुन २१ गते आफ्नो जीवनको एउटा अमेट स्मृति रहेको बताए।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.