मोरङमा कहाँ-कहाँ हुँदैछ मतगणना ?

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १७:०३

विराटनगर । मोरङमा मतगणनाका लागि छुट्टाछुट्टै मतगणना स्थल तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान सकिएपछि मतपेटिकाहरू सुरक्षित रूपमा तोकिएका स्थानमा ल्याइनेछ र सर्वदलीय सहमतिपछि गणना सुरु गरिनेछ ।

जिल्लाका ६ वटा क्षेत्रका लागि छुट्टा छुट्टै स्थानमा तोकिएको छ-

क्षेत्र नम्बर १ : उर्लाबारी नगरपालिकाको कार्यालय
क्षेत्र नम्बर २ : विश्वनाथ मन्दिर, सिजुवा
क्षेत्र नम्बर ३ : भगवती माध्यमिक विद्यालय, बेलबारी
क्षेत्र नम्बर ४ : जनता नमुना माध्यमिक विद्यालय, विराटनगर
क्षेत्र नम्बर ५ : सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर
क्षेत्र नम्बर ६ :आदर्श माध्यमिक विद्यालय, विराटनगर

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार बिहीबार साझबाटै मतगणना सुरु गर्ने तयारी छ । गणना कार्यलाई पारदर्शी र सुरक्षित बनाइएको छ । ‘मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर आजै सुरु गर्ने हाम्रो योजना छ,’ उनले भने,‘ तयारी पनि सोही अनुसारले गरेका छौं ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.