ओखलढुंगामा मतदान बहिष्कार: ४ कर्मचारीको मत खसेपछि मतपेटिका सिल

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार १८:२४

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा आज एक जना स्थानीयले पनि मतदान गरेनन्। स्थानीय बासिन्दाले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेपछि सो केन्द्रमा मतदाताको उपस्थिति शून्य रहेको हो।

निर्वाचनका लागि खटिएका ४ जना अस्थायी मतदाता अर्थात् कर्मचारीहरूले मात्रै आफ्नो मताधिकार प्रयोग गरेपछि मतदान प्रक्रिया सकिएको घोषणा गर्दै मतपेटिका सिलबन्दी गरिएको छ। स्थानीयहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले मतदानमा सहभागी नहुने निर्णय गरेका हुन्।

विवादको मुख्य जड वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि दान गरिएको जग्गासँग जोडिएको छ। स्थानीयले अस्पताल निर्माणका लागि जग्गादान गरेका थिए, तर लामो समयसम्म पनि अस्पताल नबनेपछि उनीहरू आन्दोलित भएका हुन्। कि त अस्पताल निर्माण हुनुपर्ने, कि आफ्नो जग्गा फिर्ता पाउनुपर्ने अडान राख्दै उनीहरूले चुनाव बहिष्कार गरेका हुन्।

निर्वाचन आयोग र स्थानीय प्रशासनले सहजीकरणको प्रयास गरे पनि स्थानीयहरू आफ्नो अडानबाट पछि हटेनन्। यस घटनाले निर्वाचनमा स्थानीय विकासका मुद्दा र जग्गादाताहरूको असन्तुष्टिलाई प्रस्ट रूपमा सतहमा ल्याएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.