
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान सम्पन्न भएको बताएका छन्।
आईजीपी कार्कीले बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताएका हुन् ।
उनकाअनुसार छिटपुट विवादहरु बाहेक मुलुकभर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । दोलखाको केही निर्वाचन क्षेत्रमा देखिएको विवाद साम्य पार्न दलहरु र निर्वाचन अधिकृतहरुबीच छलफल भइरहेको बताए ।
मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै उनले योजनाअनुसार अघि बढ्ने बताए ।
























