प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार २१:२५

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन ऐतिहासिक र शान्तिपूर्ण रूपमा सफल भएकोमा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएकी छन्। मतदान प्रक्रिया सकिएलगत्तै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले यस निर्वाचनलाई मुलुकको लोकतान्त्रिक र संविधानसम्मत निकासका रूपमा चित्रण गरेकी हुन्।

फेसबुकमा सन्देश लेख्दै प्रधानमन्त्री कार्कीले नेपाली जनताको उत्साहजनक सहभागिताले लोकतन्त्रलाई थप मजबुत बनाएको उल्लेख गरिन्। ‘उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई,’ उनले आफ्नो सन्देशमा भनेकी छन्।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने निर्वाचन आयोग, उच्च मनोबलका साथ सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीहरू र राष्ट्रसेवक कर्मचारीहरूको उनले उच्च प्रशंसा गरेकी छन्। यसैगरी, प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम र अन्तर्राष्ट्रिय समुदायले देखाएको सकारात्मक एवं जिम्मेवार भूमिकाको पनि सराहना गरेकी छन्।

गत भदौको ‘जेन-जी विद्रोह’ पछि गठन भएको कार्की नेतृत्वको गैरदलीय सरकारले तोकिएकै समयमा निर्वाचन गराएर मुलुकलाई नयाँ राजनीतिक दिशा प्रदान गरेको छ। अबको केही समयमै मतगणना सुरु हुने र नयाँ जननिर्वाचित सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.