भोजपुरमा १२ बजेपछि मतगणना सुरु गर्ने तयारी

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार ११:२२

भोजपुर। भोजपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचनको मतगणना आज दिउँसो १२ बजेपछि सुरु गर्ने तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालका अनुसार अहिले उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसिरहेको छ।

बिहान ११ बजेदेखि सुरु भएको सो छलफलमा मतगणनाको समय र प्रक्रियाका बारेमा अन्तिम निर्णय लिइनेछ। मुख्य निर्वाचन अधिकृत दाहालले  छलफल सकिएलगत्तै मतगणनाको टुङ्गो लाग्ने र आधिकारिक सूचना जारी गरिने बताए। अहिले गणनाका लागि आवश्यक प्रतिनिधिहरूको नियुक्ति लगायतका प्राविधिक तयारीहरू अन्तिम चरणमा पुगेका छन्।

जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा सङ्कलन भइसकेका छन्। मतगणना स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। भोजपुरको प्रारम्भिक नतिजा दिउँसो अबेरसम्म आउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.