सर्लाही-४ मा अमरेशकुमारको सुरुवाती अग्रता

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार ११:३४

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा पछि परेका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा परिचित तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा रहेका अमरेशकुमार सिंहले अग्रता बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार सिंहले १ हजार ९ सय ८ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति थापाले ५ सय ३६ मत मात्र प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रजनिस राय ३ सय ७९ मतका साथ तेस्रो स्थानमा देखिएका छन्।

कांग्रेसको बलियो क्षेत्र मानिएको सर्लाही ४ मा सभापति थापाको यो सुरुवाती नतिजाले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ। मतगणना भर्खरै सुरु भएकाले आगामी चरणमा परिणाममा फेरबदल हुन सक्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.