
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले निकै बलियो अग्रता कायम गरेकी छन्। पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ५ हजारभन्दा बढी मतान्तरले पछि पारेकी हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ६ हजार ६०१ मत प्राप्त गर्दा डा. कोइरालाले मात्र १ हजार ४२७ मत ल्याएका छन्। यो प्रारम्भिक नतिजाले यस क्षेत्रमा ठूलो उलटफेर हुन सक्ने संकेत देखाएको छ।
नेकपा (एमाले) का उम्मेदवार विनोदप्रसाद ढकाल १ हजार ३४४ मतका साथ तेस्रो स्थानमा छन् भने श्रम संस्कृति पार्टीका मातृका पौडेल १ हजार २९३ मतसहित कडा प्रतिस्पर्धामा देखिएका छन्। यस्तै राप्रपाका सविन निरौलाले २८२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओपेन्द्रकुमार रायले १८२ मत प्राप्त गरेका छन्।
























