
भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले मतान्तरलाई निकै फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मतगणना अनुसार खरेलले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई १३ हजार २७१ मतको अन्तरले पछि पारेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी मानिएका एमालेका पौडेलले भने हालसम्म ३ हजार ५१७ मत मात्रै प्राप्त गर्न सकेका छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल २ हजार २६४ मतका साथ तेस्रो स्थानमा छन्। नेकपाका सुभाष पाण्डे (विश्वदीप) ले ४६३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका भीमबहादुर गौतम ४०२ मतका साथ पछ्याइरहेका छन्। यो क्षेत्रमा रास्वपाको पक्षमा देखिएको यो प्रारम्भिक लहरले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।
























