संखुवासभामा हेलिकप्टरबाट संकलन गरिँदै मतपेटिका

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार १६:४३

संखुवासभा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका हेलिकप्टर प्रयोग गरी संकलन सुरु गरिएको छ। निकै विकट र सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका ५ वटा मतदान केन्द्रका मतपेटिका शुक्रबार दिउँसो हेलिकप्टर मार्फत ल्याउन सुरु गरिएको हो।

पहिलो चरणमा भोटखोला गाउँपलिका–१ स्थित हिमालय आधारभूत विद्यालय किमाथाङ्का मतदान केन्द्रबाट सेनाको हेलिकप्टर मार्फत मतपेटिका ल्याउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिएकी छन्।

भोटखोलाका ३ र सिलिचोङ गाउँपालिकाका २ मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टर मार्फत शुक्रबार साँझसम्म मतपेटिका ल्याइसकिने प्रशासन कार्यालयले जनाएको छ।

आज शुक्रबार बिहानसम्म जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहको मतपेटिका संकलन भइसकेको छ।

सडक सञ्जाल नपुगेका केही स्थानमा मतपेटिका आउन समय लाग्ने भएका कारण मतगणना आज रातिदेखि मात्र हुने बताइएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.