एमाले नेता विष्णु पौडेललाई हराउँदै रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार ११:०५

बुटवल। नेकपा (एमाले) को बलियो गढ मानिने रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो उलटफेर गरेको छ। रास्वपाका उम्मेदवार सुलभ खरेलले एमालेका हेभिवेट नेता तथा उपाध्यक्ष विष्णु पौडेललाई भारी मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन्।

निर्वाचन आयोगको अन्तिम प्रतिवेदन अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी विष्णु पौडेलले मात्र १२ हजार ८६१ मत प्राप्त गरे। खरेलले पौडेललाई ४३ हजार ६८९ को विशाल मतान्तरले पछाडि पारेका हुन्, जुन यस क्षेत्रको इतिहासमै दुर्लभ मानिन्छ।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल ९ हजार ३९२ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका सुवास पाण्डेले १ हजार ४०९ मत प्राप्त गरेका छन्। लामो समयदेखि यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका विष्णु पौडेलको यो पराजयलाई एमालेका लागि ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.