सिंहदरबारको नयाँ भवनमा संसद् बैठक सञ्चालन गर्ने सचिवालयको तयारी

Share this
621shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १४:०६

काठमाडौं । सङ्घीय संसद् सचिवालयले नयाँ निर्वाचित संसद्को पहिलो बैठक सिंहदरबारभित्र निर्माणाधीन नयाँ भवनमा राख्ने तीव्र तयारी सुरु गरेको छ। यसै सन्दर्भमा मुख्यसचिव सुमनराज अर्याल र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसहितको टोलीले भवनको स्थलगत अवलोकन गरेको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सरकारले चैत १ गतेभित्र प्रतिनिधिसभाको बैठक कक्षसहित ६ वटा मुख्य भवनहरू हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। ‘चैतको पहिलो सातासम्म अनिवार्य रूपमा हल उपलब्ध गराउन आग्रह गरिएको छ,’ गिरीले भने। सिंहदरबारको पुतली बगैँचामा बनिरहेको यो अत्याधुनिक भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, संसदीय दलका कार्यालय र सचिवालयका लागि छुट्टाछुट्टै संरचनाहरू तयार पारिएका छन्।

नयाँ भवनको मध्य भागमा अति विशिष्ट (भीभीआईपी) का लागि छुट्टै प्रवेशद्वार बनाइएको छ। ७०० सिट क्षमताको प्रतिनिधिसभा हलमा सभाकक्षमा ४०० र बालकोनीमा ३०० जना अटाउने व्यवस्था छ। त्यस्तै, राष्ट्रिय सभाको बालकोनीमा २९० सिट क्षमता रहेको छ। १० वटा राजनीतिक दलका लागि संसदीय दलका कार्यालय र प्रत्येक कार्यकक्षमा २५ सिटको बैठक हल समेत तयार गरिएको छ।

परिसरभित्र पुस्तकालय, क्यान्टिन, प्रेस तथा छपाइ भवनका साथै ७०० सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधार बनाइएको छ। पानीको फोहोरा र हरियाली बगैँचासहितको यो नयाँ संसद् भवनले अबको संसदीय अभ्यासलाई थप व्यवस्थित र आधुनिक बनाउने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.