बालेनको जित निश्चित : ओली ३८ हजार मतले पछाडि

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १४:१८

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले ऐतिहासिक विजयतर्फ पाइला चालेका छन्।

पछिल्लो मतपरिणाम अनुसार शाहले ओलीलाई ३८ हजार ६५ मतको विशाल अन्तरले पछाडि पारेका छन्। झापा-५ मा कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा हालसम्म ८२ हजार ११८ मत गणना भइसकेको छ। जसमध्ये बालेन शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन् भने ओलीले १४ हजार ३१ मत मात्रै पाएका छन्। अब गणना गर्न बाँकी मत २४ हजार २५४ मात्रै छ।

बाँकी रहेको सबै मत ओलीको पक्षमा आए पनि बालेनलाई भेट्न असम्भव देखिएकाले यस क्षेत्रमा बालेन शाहको जित सुनिश्चित भएको छ। एमालेको ‘अजेय’ मानिने यो गढमा रास्वपाले निकालेको यो नतिजालाई नेपाली राजनीतिकै ठूलो उलटफेरका रूपमा हेरिएको छ। निर्वाचन कार्यालयले अबको केही घण्टामा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.