उदयपुर-१ : रास्वपाका गेलाल विजयी

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार ११:५५

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल भारी मतान्तरले विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार ३० हजार ५ सय ९० मत प्राप्त गर्दै गेलाल १८ हजार ९८४ मतको फराकिलो अग्रतासहित निर्वाचित भएका हुन् ।

गेलालका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत प्राप्त गरे । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१, नेपाली कांग्रेसका विदुर बस्नेतले ९ हजार ६७५ र नेकपा (एमाले) का दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभासचन्द्र खड्काले ९४१ मत पाउँदा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको मत सङ्ख्या न्यून रह्यो ।

यस क्षेत्रमा कुल ८० हजार ५९ मत खसेकोमा ७३ हजार ९१६ मत सदर र ६ हजार १४३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नं. १ मा रास्वपाको यो जितसँगै उदयपुरका दुवै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । यसअघि क्षेत्र नं. २ बाट रास्वपाकै सूर्यबहादुर लामा विजयी भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.