मोरङको बूढीगंगास्थित आरती स्ट्रिप्सका सिनियर म्यानेजर मृत फेला

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १३:०७

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स नामक उद्योगका सिनियर म्यानेजर मृत फेला परेका छन् ।

बूढीगंगा गाउँपालिका–१ स्थित उद्योगकै क्वाटरमा बस्दै आएका भारतको गाजियावाद घर भएका अन्दाजी ५५ वर्षीय राजीव शर्मा आइतबार बिहान ११ः१५ बजेतिर सुतेकै ठाउँमा मृत भेटिएका हुन् । अघिल्लो दिन बेलुका खाना खाएर सुतेका शर्मा भोलिपल्ट अबेरसम्म नउठेपछि साथीले कोठामा गएर हेर्दा घोप्टो परेर मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा सुतेकै ओछ्यानमा घोप्टो परेको अवस्थामा शर्मा मृत फेला परेका थिए । तत्काललाई हेर्दा घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण पनि खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएर घटनाको थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण पत्ता लाग्ने छ ।

शर्मा विगत १५–१६ वर्षदेखि आरती स्ट्रिप्समा सिनियर म्यानेजर पदमा कार्यरत थिए । आरती स्ट्रिप्स पाइप तथा कर्कटपातासहित स्टिल र फलामजन्य सामग्री उत्पादन गर्दै आएको उद्योग हो ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.