ओखलढुंगामा मुचुल्काभन्दा १८६ मत कम भेटिएको दाबी, कांग्रेसले कानुनी उपचार खोज्ने

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १६:३०

ओखलढुंगा। प्रतिनिधि सभा निर्वाचनको सार्वजनिक मतपरिणामप्रति नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले गम्भीर प्रश्न उठाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार एवं नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेललाई ५ मतको झिनो अन्तरले विजयी घोषणा गरी प्रमाणपत्र समेत दिइसकेको अवस्थामा लुइँटेलले तथ्यांकमा कैफियत रहेको दाबी गरेका हुन् ।

मतदानपछि तयार पारिएको मुचुल्कामा ५९ हजार ७७ मत खसेको उल्लेख भए पनि आइतबार मतगणना सकिँदा सदर र बदर गरी कुल ५८ हजार ८९१ मत मात्र भेटिएको लुइँटेलको भनाइ छ ।

मुचुल्काको तुलनामा १८६ मत कम देखिएपछि उनले निर्वाचन आयोगको घोषणामाथि आशंका व्यक्त गर्दै कानूनी उपचारमा जाने तयारी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले भने सबै दलका प्रतिनिधिहरूकै रोहबरमा रुजु गरेर गणना गरिएकाले कुनै त्रुटि नभएको दाबी गरेका छन् ।

उनले मतपरिणाम घोषणा भइसकेकाले चित्त नबुझ्ने पक्षलाई कानूनी बाटो रोज्न सुझाव दिएका छन् । आयोगका अनुसार जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाबाट खसेको मत जोड्दा ५९ हजार ७७ पुगे पनि गणनाको अन्तिम तथ्यांकले विवाद निम्त्याएको हो ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.