निर्वाचनमा पूर्वसुरक्षाकर्मीको उदय: रास्वपाबाट ५ जना पूर्वप्रहरी संसद् छिर्दै

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १८:०२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका ५ जना पूर्वसुरक्षाकर्मीहरूले सानदार जित हासिल गरेका छन् । यस निर्वाचनमा सबैभन्दा रोचक र कठिन जित ओखलढुङ्गाबाट पूर्व एआईजी विश्वराज पोखरेलले निकालेका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतान्तरले पराजित गर्दै आफ्नो विजय सुनिश्चित गरेका हुन् । पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा लुइँटेलले १३ हजार ९४८ मत पाएका थिए ।

रास्वपाबाटै अर्का पूर्वसुरक्षाकर्मी विक्रम सिंह थापा कपिलवस्तु–२ बाट निर्वाचित भएका छन् । पूर्व एसएसपी थापाले २७ हजार ६३५ मत ल्याएर कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरे । त्यस्तै, गुल्मी–२ मा पूर्व डीएसपी गोविन्द पन्थीले नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ४९६ मतान्तरले हराउँदै संसदको यात्रा तय गरेका छन् । पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा विष्ट १६ हजार ३८२ मतमा समेटिएका थिए ।

काठमाडौं–३ बाट काठमाडौं महानगर प्रहरीका पूर्व प्रमुख राजुनाथ पाण्डेले चर्चित उम्मेदवार कुलमान घिसिङलाई पराजित गर्दै सहज जित निकालेका छन् । पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले ११ हजार १७१ मत प्राप्त गरे । झापा–४ बाट पूर्व सई शम्भुप्रसाद ढकाल (शम्भु सुस्केरा) ले ४३ हजार ६३१ मतसहित एमालेका एलबी साँवा लिम्बूलाई भारी मतान्तरले पराजित गरेका छन् ।

यी पाँचै जना पूर्वप्रहरी अधिकारीहरू पहिलो प्रयासमै रास्वपाको घण्टी चुनाव चिह्न लिएर संसद् छिर्न सफल भएका हुन् । यद्यपि, राप्रपाबाट उम्मेदवार बनेका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान र राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनालले भने यसपटक सोचे जस्तो नतिजा ल्याउन सकेनन् । पूर्वसुरक्षाकर्मीहरूको यो उपस्थितिले आगामी संसद्मा सुरक्षा र सुशासनका मुद्दाहरूले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.