कोशीसहित ६ प्रदेशमा वर्षाको सम्भावना

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार ०६:३६

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले आज (मंगलबार) देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको हो । लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने बताइएको छ ।

मंगलबार दिउँसो र राति देशका धेरैजसो स्थानमा सामान्यदेखि आंशिक बदली रहनेछ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । चट्याङ पर्ने सम्भावना भएकाले खुला स्थानमा काम गर्ने र यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविद्हरूले दिएका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.