इरानको आक्रमणमा यूएईमा १५ नेपाली घाइते, १४ जना उपचारपछि काममा फर्किए

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १९:०१

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले आक्रमणका कारण उनीहरू सामान्य रूपमा घाइते भएको जानकारी दिए । मन्त्रालयका अनुसार घाइतेमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेका छन् ।

एक जना भने अझै उपचाररत रहेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको सहसचिव खड्काले बताए । मध्य पूर्वमा बढ्दो तनावका कारण इजरायल–अमेरिका र इरानबीच आक्रमण तथा प्रत्याक्रमण भइरहेको छ ।

यही क्रममा इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डा लक्षित गरी ड्रोन तथा मिसाइल प्रहार गर्दै आएको छ । त्यसको प्रभाव यूएईमा पनि परेको बताइएको छ ।

गोरखा जिल्लाका विवेक श्रेष्ठको यूएईमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको थियो । उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृतक श्रेष्ठका परिवारलाई क्षतिपूर्ति दिलाउन यूएईस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको छ । यसबाहेक यूएई तथा खाडी क्षेत्रका अन्य स्थानमा रहेका नेपाली नागरिक भने हाल सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.