अनावश्यक इन्धन र ग्यास भण्डारण नगर्न निगमको चेतावनी

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १९:०८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सम्भावित अन्तर्राष्ट्रिय असहज परिस्थितिलाई ध्यानमा राख्दै उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो । विशेषगरी मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारलाई थप सिलिन्डर नलिन निगमले आग्रह गरेको छ ।

खाना पकाउन सकेसम्म विद्युतीय उपकरण प्रयोग गर्न पनि सुझाव दिइएको छ । निगमले इन्धन बचतका लागि सवारीसाधनमा ‘राइड सेयरिङ’ अपनाउन तथा विद्युत् उत्पादनका लागि जेनेरेटर जस्ता बढी इन्धन खपत हुने उपकरणको प्रयोग घटाउन समेत उपभोक्तालाई अनुरोध गरेको छ ।

मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्वसावधानीका रूपमा यस्तो अपिल गरिएको निगमले जनाएको छ । हालसम्म भने नेपालमा इन्धन आपूर्ति नियमित रहेको निगमको दाबी छ ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी निगमले दिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.