
सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका–३ बाट प्रहरीले बुधबार राति २ सय केजी गाँजा बरामद गरेको छ ।
गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीमा लुकाइराखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो ।
प्लास्टिकका आठ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले बताए । प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
























