शान्तिसैनिकको सुरक्षामा नेपालको जोड, आक्रमणको निन्दा

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १२:२६

काठमाडौं । सरकारले पश्चिम एसियामा जारी तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिसैनिकहरूको सुरक्षामा विशेष जोड दिएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार, लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपाल अडिग रहेको छ।

हालै दक्षिणी लेवनानमा भएको एउटा आक्रमणमा परी तीन जना शान्ति सैनिक घाइते भएको घटनाप्रति लक्षित गर्दै, नेपालले अन्य राष्ट्रसङ्घ सदस्य मुलुकहरूसँगै शान्तिसैनिकप्रति आफ्नो दृढ समर्थन व्यक्त गरेको हो। साथै, उनीहरूको पूर्ण सुरक्षाको माग पनि गरेको छ।

नेपाल सरकारले ‘शान्तिसैनिक कहिल्यै पनि आक्रमणको निसाना बन्नु हुँदैन’ भन्ने आफ्नो स्पष्ट अडान राखेको छ। साथै, संयुक्त राष्ट्रका कर्मचारीहरू विरुद्ध भएका आक्रमणहरूको कडा निन्दा गर्दै घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेको छ।

नेपाल सहित विश्व समुदायले सम्बद्ध सबै पक्षलाई अधिकतम संयम अपनाउन, अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र सम्बन्धित सुरक्षा परिषद्का प्रस्तावनाहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान समेत गरेको छ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.