
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सहयोगी रवि रत्न चुडाल पक्राउ परेका छन् । चुडाललाई बिहीबार प्रहरीले काठमाडौं सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले प्रसाईं निकट मानिने चुडाललाई पक्राउ गरिएको जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत विवादित अभिव्यक्ति दिएको विषयमा अनुसन्धानका लागि चुडाललाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका चुडालले झापा क्षेत्र नम्बर ५ बाट पराजित एमाले अध्यक्ष केपी ओली र सो क्षेत्रका मतदातालाई लक्षित गरी सामाजिक सन्जालमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ ।
























