सर्वाच्चद्वारा पौडेल हत्या प्रकरणमा छानबिनको आदेश, पूर्वगृहमन्त्री र पूर्वआईजीपीमाथि अनुसन्धान हुने

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १०:०९

काठमाडौं। सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्या प्रकरणमा विस्तृत छानबिन गर्न आदेश दिएको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो।

आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल, र तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायतविरुद्ध दर्ता भएको किटानी जाहेरीमाथि फौजदारी अनुसन्धान अघि बढाउनुपर्नेछ।

२०७६ असार ५ गते सर्लाहीको लालबन्दी नजिकै लखन्देही जंगलमा प्रहरी टोलीको गोली प्रहारबाट कुमार पौडेलको मृत्यु भएको थियो। प्रहरीले सुरुदेखि नै यसलाई ‘दोहोरो भिडन्त’ दाबी गर्दै आएको थियो।

तर, पौडेलकी आमा दुर्गादेवीले आफ्ना छोराको नियन्त्रणमा लिएर गैरकानूनी रूपमा हत्या गरिएको भन्दै संलग्नहरूमाथि कारबाहीको माग राखिन्। उनले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गर्यो। पछि जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता भएको जाहेरी पनि लामो समयसम्म अलपत्र पर्यो।

आफ्नो जाहेरीमाथि अनुसन्धान नभएको भन्दै दुर्गादेवीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। यसअघि १२ असोज २०७८ मा पनि सर्वोच्चले अनुसन्धान गर्न आदेश दिएको थियो, तर पालना भएको थिएन। अहिले करिब पाँच वर्षपछि अदालतले पुनः कडा आदेश दिएको हो।

सर्वोच्चको यो आदेशले तत्कालीन गृह प्रशासन र प्रहरी नेतृत्वलाई सिधै अनुसन्धानको दायरामा ल्याएको छ। तत्कालीन गृहमन्त्रीको रूपमा रामबहादुर थापा (बादल)को प्रत्यक्ष निर्देशनमा हत्या भएको आरोप छ। उनले संसदमा समेत यो घटना ‘लोकतन्त्रको रक्षाका लागि गरिएको कारबाही’ भएको र मुठभेडमै मृत्यु भएको जवाफ दिएका थिए।

तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहको निर्देशनपछि प्रहरी मुख्यालयको विशेष व्यूरोबाट टोली खटाएर हत्या गराएको आरोप छ। राष्ट्रिय मानव अधिकार आयोगले पनि विशेष व्यूरो सिधै आईजीपीको कमान्डमा रहने हुनाले उनको भूमिकामाथि प्रश्न उठाएको थियो।

यदि प्रहरीले निष्पक्ष अनुसन्धान गर्ने हो भने, पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालले सर्लाहीको जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई बयान दिनुपर्ने हुनसक्छ। किटानी जाहेरीमा हत्याको योजना र कार्यान्वयनमा संलग्न रहेको भन्दै अन्य धेरै अधिकारी र व्यक्तिहरूविरुद्ध पनि उजुरी परेको छ।

सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, प्रदेश २ का प्रहरी प्रमुख (तत्कालीन डीआईजी) हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, असई सुर्यकुमार कार्की, सई सुर्यकुमार कार्की, प्रहरी प्रधान कार्यालयबाट खटिएका हबल्दारहरू सत्य नारायण मिश्र, विनोद शाह र गोली प्रहार गर्ने मुख्य व्यक्ति भन्दै प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहविरुद्ध पनि जाहेरी छ।

चिकित्सक र स्थानीय जनप्रतिनिधि: शवको पोष्टमार्टममा झुटो प्रतिवेदन तयार पारेको आरोपमा जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डल, र हत्याको योजनामा संलग्न रहेको भन्दै बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती लगायतविरुद्ध पनि जाहेरी छ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.