एमाले अध्यक्ष केपी ओलीका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि, ओलीले दिए दागबत्ती

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १५:५१
एमाले अध्यक्ष केपी ओलीका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि, ओलीले दिए दागबत्ती

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा शुक्रबार (आज) अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका हुन् ।

मोहनप्रसाद आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । केही समयदेखि अस्वस्थ रहँदै आएका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

लामो समयदेखि गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन् । उनको अन्त्येष्टिमा राजनीतिक दलका नेता, कार्यकर्ता तथा आफन्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.