झापामा हावाहुरी र वर्षा : ३ जनाको मृत्यु

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १६:४९
सांकेतिक तस्बिर

झापा । झापामा बिहीबार राति आएको वर्षा र हावाहुरीका कारण रुखले थिचेर र पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ। रुख ढल्दा हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

वर्षासँगै जिल्लाका छुट्टाछुट्टै स्थानमा २ जनाको डुबेर मृत्यु भएको छ। हल्दीबारी–२ का ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।

मजदूरी गरी घर फर्कने क्रममा मादक पदार्थ सेवन गरेका उनी खेतमा लडेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

त्यसैगरी, अर्जुनधारा ४ रातेखालस्थित पैनीमा डुबेर ५० वर्षीय कृष्ण कटुवालको मृत्यु भएको छ। छारे रोगका बिरामी रहेका कटुवाल पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।

व्यापारिक प्रतिष्ठानमा क्षति लगातारको वर्षाले बिर्तामोड क्षेत्रका पसल तथा घरहरूमा पानी पसेर ठूलो नोक्सानी पुर्यामएको छ।

हावाहुरीले बिर्तामोड(५ धिमाल चोकमा सडक किनारको सोलार पोल ढल्दा ४६ वर्षीय मोटरसाइकल चालक सूर्य श्रेष्ठ घाइते भएका छन्।

उनको अहिले बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। यता गौरादह(९ मा पिपलको हाँगा भाँचिएर नितम भुजेलको घरको टिनको छानामा सामान्य क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार विपद् लगत्तै सुरक्षाकर्मीको टोली विभिन्न स्थानमा परिचालन गरी जनधनको सुरक्षा र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.