सिद्धार्थ स्कुलको ३१ औं वार्षिकोत्सव, विद्यार्थी पुरस्कृत

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २९, शुक्रबार १७:३१

विराटनगर । मोरङको सुन्दरहरैचा–१० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ ।

विद्यालय प्राङ्गणमा आजदेखि सुरु भएको तीन दिने विशेष कार्यक्रमको पहिलो दिन साना विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे । प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत अभिभावक र अतिथिहरूलाई दिनभर मनोरञ्जन प्रदान गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रिन्सिपल अर्जुन बस्नेतले सिद्धार्थलाई गुणस्तरीय शिक्षाका क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट बनाउने लक्ष्य रहेको बताए ।

उनले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि संस्कार र प्रविधिलाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिबद्धता जनाए । कार्यक्रमको तालिका अनुसार शनिबार कक्षा १ देखि ५ सम्म र आइतबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

यसै अवसरमा विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषबाट यस वर्ष विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने चार जना विद्यार्थीलाई जनही ४ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो ।

पुरस्कृत हुनेहरूमा कक्षा १० का अभिज्ञा आचार्य र आरुष पौडेल तथा कक्षा १२ का साहिल राई र रियाना बस्नेत रहेका छन् । उनीहरूलाई प्रिन्सिपल अर्जुन बस्नेत र राकेशका बुबा गोविन्द श्रेष्ठले पुरस्कार वितरण गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×