कतारमा रहेका नेपालीलाई स्वदेश फर्कन दूतावासको आग्रह

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १६:५२

काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावका बीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूका लागि विशेष सूचना जारी गरेको छ । दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै साउदी अरेबियाको बाटो हुँदै नेपाल जान चाहनेहरूलाई आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

दूतावासका अनुसार साउदी अरेबियाका विमानस्थलहरू प्रयोग गरी नेपाल फर्कन चाहने कतार आईडी भएका नेपाली नागरिकले ‘ताशिर साउदी भिसा सेवा केन्द्र’ मार्फत पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन् । पछिल्लो समय यस क्षेत्रमा विकास भएका राजनीतिक घटनाक्रम र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दूतावासले यस्तो व्यवस्था गरेको हो ।

यस प्रक्रियाका बारेमा थप जानकारी वा सहयोग आवश्यक परेमा दूतावासले उपलब्ध गराएको मोबाइल नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ । दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निर्देशनहरूको पालना गर्न र आवश्यक परेमा तुरुन्त सम्पर्कमा रहन समेत अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.