‘जिरो डिग्री’ सुरु: ३५ दिनमा पूरा गर्ने लक्ष्य

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १, आइतबार १४:२४

पोखरा। कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको छायाङ्कन अर्मलाकोट र धिताल गाउँका मौलिक बस्तीहरूमा ३५ दिन लगाएर गरिनेछ।

चलचित्रको पहिलो शटमा वरिष्ठ कलाकार प्रकाश घिमिरे, विजय बराल, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए। आकास बराल र साजन काफ्लेको संयुक्त निर्देशन रहने यस चलचित्रको कथा निकै रोचक छ। सडक सञ्जाल नपुगेको विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआउञ्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूलाई चलचित्रमा उतारिनेछ।

चलचित्रमा विजय बराल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतका सशक्त कलाकारहरूको अभिनय रहनेछ। निशाल पौडेलले छायाङ्कन गरिरहेको यस चलचित्रमा अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ। छायाङ्कनमा जानुअघि नै यसको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक भइसकेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×