२० अंकले घट्यो नेप्से

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १६:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक नेप्से २०.४८ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको हो ।

आज ३५९ कम्पनीका ९० लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर ४४ हजार ७७७ पटक कारोबार भएको थियो ।
कारोबार भएका कम्पनीमध्ये ३२ वटाको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको मूल्य घटेको छ । चार कम्पनीको मूल्य स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतभन्दा बढी उतारचढाव देखिएन ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर अग्रस्थानमा रह्यो । कम्पनीको २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा अन्य कुनै पनि कम्पनीको कारोबार रकम १० करोड रुपैयाँ पुगेन ।

उपसमूहतर्फ फाइनान्स, होटल, हाइड्रोपावर र लगानी समूहका सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् । ट्रेडिङ समूहको सूचक भने सामान्य बढेको छ भने अन्य सबै समूहका सूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×