विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १६:२५

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर हुने भएको छ ।

विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो । यससम्बन्धी सम्झौता विराटनगरमा आयोजित एक कार्यक्रमबीच भएको छ ।

नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको बैंक र विराटनगर किंग्सबीचको सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ । टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन कर्पोरेट क्षेत्रको सहयोग महत्वपूर्ण रहेको जनाएको छ ।

विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको निरन्तर सहकार्यले खेलकुद र निजी क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×