झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १६:३७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेका छन् । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले वामपन्थी आन्दोलनलाई वैचारिक तथा राजनीतिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए ।

खनालको नेतृत्वमा शनिबार भएको गोप्य भेलाबाट पारित प्रस्तावबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । भेलामा नेकपा तथा विभिन्न वामपन्थी दलका ७० भन्दा बढी नेता सहभागी भएको आयोजक पक्षले जनाएको छ । अभियानमार्फत कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन तथा पुनर्संरचना गर्दै वैचारिक र राजनीतिक एकताको आधार निर्माण गर्ने प्रस्ताव पारित भएको छ ।

प्रस्तावमा भनिएको छ, ‘कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन र पुनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहहरूसँग हार्दिक आग्रह गर्दछ ।’ खनालले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीलाई वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा एकताबद्ध गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्ने बताएका छन् ।

भेलाबाट पारित प्रस्तावमा विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको समीक्षा गर्दै क्रान्तिकारी वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ । अभियानमा यसअघि नेकपा (माओवादी केन्द्र) बाट बाहिरिएका हरिबोल गजुरेल, महेश्वर दाहाल, पानीराज बम्जनलगायत नेताहरू सहभागी भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×